सोमवार, बैशाख ९, २०८२

युक्रेनलाई थप ६ हजार मिसाईल सहयोग घोषणा गर्दै बोरिस जोन्सन


कान्तिपथ


बेलायतले रुसको आक्रमणको सामना गरिरहेको युक्रेनलाई थप ६ हजार मिसाइल दिने भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार यसको घोषणा गर्नेछन्।

बिहीबार नेटो र जी ७ का नेताहरुबीच ब्रसेल्समा हुने बैठकमा जोन्सनले युक्रेनका सेना र पाइलटलाई थप ३ करोड ३० लाख डलरको सहयोग पनि घोषणा गर्नेछन्।

जोन्सनले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग गर्नको लागि बेलायतले अन्य सहयोगी मुलुकसँग पनि छलफल गरिरहेको बताएका छन्। यसअघि नै बेलायतले युक्रेनलाई ४ हजार मिसाइल प्रदान गरिसकेको छ।

साथै बेलायतले युक्रेनको मानवीय सहयोगको लागि ४० करोड पाउण्ड रकम पनि प्रदान गरिसकेको छ। यता रुसले आफूसँग राम्रो सम्बन्ध नभएका केही मुलुकले आफूसँग ग्यास खरिद गर्दा रुसी मुद्रा रुबलमा नै भुक्तानी गर्नुपर्ने बताएको छ।

बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारका मन्त्रीहरुसँगको बैठकमा यस्तो घोषणा गरेका हुन्। पुटिनले युक्रेनमा आक्रमण गरेपछि रुसमाथि प्रतिबन्ध लगाउने मुलुकलाई यो नियम लागू हुने बताएका हुन्।

युरोपमा प्रयोग हुनेमध्ये ४० प्रतिशत ग्यास रुसबाट आउने गरेको छ। यद्यपि पुटिनले ग्यास आपूर्ति भने जारी राखिने बताएका छन्। उनले बजारको मूल्यअनुसार यसअघिको सम्झौताअनुसार नै ग्यास आपूर्ति हुने बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत