शुक्रबार, बैशाख ६, २०८२

‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’ ; कमल थापा


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताउनुभयो । राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्ट पानुभयो ।

उहाँले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पार्नुभयो । अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत