बिहिबार, फाल्गुन १, २०८१

नेपाल–भारत ऊर्जा सहकार्यबारे ६ बुँदे संयुक्त वक्तव्य जारी


कान्तिपथ


नेपाल र भारतले ऊर्जा क्षेत्रमा सहकार्यका लागि शनिबार संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्री शेर बहादुर देउवाको जारी भारत भ्रमणका क्रममा उक्त संयुक्त वक्तव्य जारी गरिएको हो।

बहुप्रतिक्षित पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन चाँडै टुंगो लगाउन दुवै देश तयार भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

संयुक्त वक्तव्यमार्फत प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी मोदी दुवैले नेपाल र भारतमा ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन्।

वक्तव्यअनुसार नेपालमा संयुक्त लगानीमा बन्ने जलविद्युत र नववीकरणीय ऊर्जा परियोजना निर्माणका लागि भारतले सहयोग गर्नेछ। नेपालले भारतीय लगानीकर्तालाइ जलविद्युतमा लगानी गर्न आमन्त्रण गर्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत