मङ्लबार, जेष्ठ ६, २०८२

भोलिदेखि रेल चल्ने: एसी सिटमा ४५० भाडा


कान्तिपथ


लामो समयको प्रतीक्षा पश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्डमा रेल चल्ने भएको छ। कुर्था–जयनगर रेल्वे खण्डमा आइतबारदेखि नियमित रेल चल्ने भएको हो।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअल माध्यमबाट संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि शनिबार दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको थियो। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए।

दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ। सो रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ। पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए। जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ।

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादर कायम गरिएको छ। जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको छ। जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ।

गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन्। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो। दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत