आइतवार, माघ ६, २०८१

नेकपा माओवादी केन्द्र चनखुको खबरदारी


कान्तिपथ


नेकपा माओवादी केन्द्र चनखु काठमाडौ सम्पर्क समन्वय समितिको आज बसेको बैठकले आफू खुशी उमेदवारमा दाबी गरेको भन्दै उमेदवार हरुलाइ ध्यानाकर्षण गराएको छ ।

चनखु माओवादीले सम्पर्क समन्वय समिती र वडा कमिटी सङ कुनै सल्लाह र बैठक नगरी आफू खुशी उमेदवार दर्ता गरेकोमा सम्पर्क समन्वय समिती एकदमै असन्तुष्टि  रहेको चनखु सम्पर्क समितिका अध्यक्ष सिताराम बोहोरा र सचिब राम कुमार थापा साथै अन्य सदस्यहरुले कान्तिपथ लाई जानकारी दिनु भयो । आफू खुशी उमेदवारी दिएको भन्दै चनखु माओवादीका क्रियाशील सदस्यले पनि घोर आपती जनाएको छन ।

चनखु माओवादीमा वडा अध्यक्षको लागि दाबी गर्ने को संख्या ७ पुगेको छ । उमेदवारको संख्या बढ्दै जाने भएकोले दाबी गरेको उमेदवारको नाम नगरमा पठाइएको छ र उमेदवार छ्नोट प्रक्रिया आगाडी बढाइएको छ ।

चनखु माओवादीमा दाबी गर्ने हरुको नामावली ;

१.भरत बहादुर बोहरा
२.राजेश बोहरा
३.राम बहादुर चैहान
४. राम कुमार खड्का
५.कुमार कार्की
६. शिवहरी चौहान
७.केशव पाख्रिन

मिति २०७९/०१/०३ गते बसेको चनखु काठमाडौ सम्पर्क समन्वय समिती बैंठकले गरेको छलफल र उमेदवार छ्नोट गर्दा ध्यान दिनु पर्नी बुदाहरु एस प्रकारका छन;

१.अध्यक्ष सिताराम बोहोरा को भनाइ;
जनप्रतिनिधि छनेट गर्दा पाटि प्रती फाइदा वा बेफाइदा के कस्ता भए कस्ता जनप्रतिनिधि चयन गर्दा पाटी चलाएमान र मजबुत बन्छ र माओवादी परित्याग गरि गएका हरुलाइ कसरि फेरि फर्काउन सकिन्छ तेस्तो खाल्को जनप्रतिनिधि छ्नोट गर्न सुझाव दिन चाहान्छु ।

२. सचिब राम कुमार थापा
सामुहिक नेतृत्वलाई प्राथमिकता दिने खाल्को र आफ्नो पाटी संगठनलाई समग्र रुपमा व्यावसतित गरेर पाटिलाइ बलियो बनाउने जनप्रतिनिधि वा नेतृत्व चाहिएको छ । चुनाब जिते पछि जनताको सेवा गर्ने प्रतिनिधिको खाचो छ र कुनै जनप्रतिनिधिले कुकर्म गर्न खोजे र टिकट पाए पछि पाटी र संगठनले भनेको न मानेमा सम्पर्क समन्वय समितिले कुनै उमेदवारलाई सहयोग नगर्ने जानकारी दिन चाहान्छु

समग्र रुपमा हेर्दा उमेदवारि छनोट गर्दा जनताको हित र पाटिको पनि हित हुने उमेदवार छान्न नगर लाई आग्रह गर्दछौ र माओवादी चनखु एकलै चुनाव लड्न त्यार छ तर परि आए गठबंधनको साथ दिन पनि तयार छ । माओवादी हिजो पनि जनताको साथमा थियो र आज पनि जनताको सथमा छ ।

समाचारको स्रोत -(चनखु काठमाडौ सम्पर्क समन्वय समिती )



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत