सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई अप्रत्यक्ष रूपमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार मात्र अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेको छ। योसँगै १२ दिनको विश्रामपछि गभर्नर अधिकारी कार्यालयमा फर्किंदै छन्।