शुक्रबार, माघ ४, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह


कान्तिपथ


७ बैशाख संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गर्नुभएको हो ।

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो । युक्रेनमा रुसले आक्रमण गरेको महिना दिनभन्दा बढी भए पनि अहिले पनि कतिपय स्थानमा रुसको हमला जारी नै रहेको पाइएको छ ।

त्यसैले यो पर्वका अवसरमा युद्धविराम गरी अप्ठेरोमा परेका नागरिकलाई सहायता वितरणको काममा लाग्नका लागि वातावरण निर्माण गर्न उहाँले आग्रह गर्नुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत