आइतवार, माघ ६, २०८१

भारतले रुससँग दुई गुणा बढी तेल किन्यो


कान्तिपथ


अमेरिकाबाट चेतावनी आइरहँदा पनि भारतले रुससँग तीव्र रूपमा तेल व्यापार गरिरहेको छ । युक्रेनमा झन्डै तीन महिनादेखि युद्ध गरिरहेको रुसमाथि पश्चिमा राष्ट्रहरूले कडा प्रतिबन्ध लगाइरहेका बेला भारतले चाहिँ विगतमा भन्दा दुई गुणा बढी कच्चा तेल खरिद गरेको बताइएको छ । 

यसमा राष्ट्रद्वारा सञ्चालित तेल रिफाइनरहरूले ‘पब्लिक टेन्डर’को सट्टा सहुलियतपूर्ण मूल्यमा खरिद गर्न निजी रूपमा सम्झौता अघि बढाइरहेको भारतीय रिफाइनरी अधिकारी तथा व्यापारीहरूले बताएका छन् । भारतले पश्चिममा कारोबार गर्ने युरल्सदेखि पूर्वतर्फको एस्पो कार्गोसम्म सबैबाट तेल खरिद गरिसकेको छ । 

रुससँग भारतको धेरै पुरानो सम्बन्ध छ । भारतले ठुलो संख्यमा रुसबाट हतियारहरू खरिद गर्दै आएको छ । 

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकमा भारतको ऊर्जा आयातमा तालमेल मिलाउन मद्दत गर्ने प्रस्ताव गरेका थिए । तर, रुसी कच्चा तेलको व्यापारमा सबैतिरबाट बन्देज लाग्नुले यसलाई एकदम सस्तो र आकर्षक ‘डिल’ बनाइदिएको छ, जसकारण पश्चिमा राष्ट्रहरू रुसलाई रोक्ने आफूहरूको प्रायस खेर जाने चिन्तामा परेका हुन् । 

यसअघि बाइडेन प्रशासनका शीर्ष आर्थिक सल्लाहकारले रुससँग कारोबार गर्नेबारे अमेरिकाले भारतलाई धेरैपटक चेतावनी दिएको बताएका थिए । उक्त युद्धले विश्वभर मुद्रास्फीति बढाएको छ भने तेलको भाउ अब १०० डलर प्रति ब्यारेलमाथि पुग्ने खतरा भएको छ । 

यति हुँदा पनि भारतले रुसबाट फेब्रुअरीको अन्त्यसम्ममा दसौँ लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो । आगामी दिनहरूमा रुसी तेल झन सस्तो बन्दै जाने बताइएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत