सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले गाउँपालिकाबाट सञ्चालित डोजर सञ्चालनमा कुनै पनि अनियमितता नभएको बताएका छन् । उनले गाउँपालिका मार्फत सञ्चालित डोजरको खर्च विवरण सबै राखिएको बताउदै आफू आएपछि खर्चको विवरण पारदर्शी ढंगले राखिएको बताएका हुन् ।
आफूले जिम्मेवारी सम्हालेपछि कृष्ण घिसिङलाई चालकको रुपमा नियुक्ति दिएर डाेजर सुचारु गरिएको बताउदै त्यति बेला २५ सय ४ घण्टा गुडेको तथ्याक राखिएको बताए ।
श्रेष्ठले हाल २८ सय ४० घण्टा पुगेको बताउदै सुरु घण्टाको अंक र अन्तिम घण्टाको अंक डाेजरमा अहिले पनि प्रष्ट देखिने बताए । उनले विना आधार भ्रम सृजना गर्ने गरी व्यक्तिहरुले लगाएको आरोपमा कुनै पनि सत्यता नरहेको बताउदै सञ्चालनको खर्च वितरण सबै राखिएको बताए ।