शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा


कान्तिपथ


९ बैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् ।

तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जानुहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ ।मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २०१९ देखि प्रतिबन्ध लगाएको छ ।

सन् २०१९ देखि ती क्षेत्रमा सरकारले इन्टरनेट बन्द गर्नेदेखि लिएर नागरिकहरुलाई सार्वजनिक स्थलमा हुने जमघटहरुमा पनि निगरानी राख्नेगरी कडा कानुनी प्रतिबन्धहरु लगाइएको छ ।काश्मिरका पाली भन्ने स्थानमा आइतबार भारतीय जनता पार्टीको कार्यक्रम आयोजना गरिएको छ र त्यहाँ प्रधानमन्त्री मोदी सहभागी हुने भएकाले त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।

उक्त क्षेत्रमा आतंकवादी समूह या भूमिगत समूहहरुबाट हुनसक्ने सम्भावित आक्रमणलाई लिएर ठूलो संख्यामा प्रहरीको पनि व्यवस्था गरिएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत