शुक्रबार, कार्तिक २३, २०८१

६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी


कान्तिपथ


११ बैशाख यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।

तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कति कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनिज रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।

उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । अहिले नै त्यहाँ के कति क्षति पुगेको छ र ती यात्रु को हुन् भन्ने बारेमा पनि केही पत्ता नलागेको पनि सो रेडक्रसले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत