पाँचथर जिल्ला, नेपाली काँग्रेसलाई फालेलुङ्ग गाउँ पालिकामा राजनीतिक पहिरो गएको छ। सूचना अनुसार फालेलुङ्ग गाउँ पालिका वडा न.३ का सम्पूर्ण क्रियाशील पदाधिकारीहरु द्वारा सामुहिक राजिनामा दिएका छन्। राजिनामा दिने प्रतिनिधिहरु १४ औ अधिवेसनबाट निर्बाचित भएका थिए। उनीहरुका अनुसार नेपाली काँग्रेसले वडा कमिटिको हित बिपरित निर्णय गरेकोले पार्टीमा बस्नुपर्ने कुनै औचित्य नरहेको भन्दै सामुहिक राजिनामा दिएका छन् सामुहिक राजिनामा दिनेहरु कमिटिका सभापति, उप सभापति ,कोषाध्यक्ष ,सचिव साथै पार्टीका क्रियाशिल सदस्यहरु रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ