बुधबार, चैत्र २५, २०८२

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै


कान्तिपथ


चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ ।

यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ । हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन्। चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ ।

यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ । ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत