बुधबार, चैत्र २५, २०८२

क्वाड नेताहरुको शिखर सम्मेलन मे २४ मा हुने


कान्तिपथ


चतुर्भुज सुरक्षा संवाद (क्वाड) राष्ट्रहरू – संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापान र भारतका नेताहरूको शिखर सम्मेलन मे २४ मा टोकियोमा हुँदैछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २२-२४ मा जापानको भ्रमण गर्नुहुनेछ। सोही सन्दर्भमा उहाँले मे २३ मा [जापानी] प्रधानमन्त्री [फुमियो] किशिदालाई भेट्नुहुनेछ र क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनमा भाग लिनुहुनेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०-२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्नुहुनेछ जसले अमेरिका र दुई राष्ट्रहरू बीचको सहयोगलाई बढावा दिने ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ।

टोकियोमा बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नुहुनेछ। “हामी यस भ्रमणको बारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्ने छौं,” ह्वाइट हाउसले भनेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत