बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा


कान्तिपथ


अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्ताजमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुदा कैयौँ नागरिकको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

यहाँका अल्पसंख्यक धार्मिक समुदायका नागरिकमा हुने गरेको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत