सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
अर्याल र सिंहलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।