सोमवार, जेष्ठ ५, २०८२

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले


कान्तिपथ


२५ बैशाख संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् ।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ । सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ । यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । कोरोनाका संक्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत