शुक्रबार, चैत्र २७, २०८२

चीनमा भवन भत्किँदा ५३ जनाको मृत्यु


कान्तिपथ


चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ । देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३ः०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए । खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

आवासीय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो । सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत