श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । त्यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । त्यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
उहाँको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गर्नुभएको छ । उहाँको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयको अनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कफ्र्युको घोषणा गरेको छ ।
यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ