शुक्रबार, चैत्र २७, २०८२

हवानाको होटलमा भएको विस्फोटमा परी थप १२ जनाको मृत्यु


कान्तिपथ


२८ बैशाख क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् ।
सो विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको जन स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयले दिएको जानकारी अनुसार यहाँका अरु ९६ जना अझै पनि घाइते भएका छन् । केही दिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो । सो विस्फोट पछि यहाँ आगलागी पनि भएको थियो ।

आगलागीबाट होटलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन् । ती मध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत