शुक्रबार, चैत्र २७, २०८२

अमेरिकाको एक अस्पतालका ११ नर्स एकसाथ गर्भवती !


कान्तिपथ


अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन् । मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन् ।

अझ दुई जना नर्सको डेलिभरी मिति एकै दिन परेको छ । थप अर्को संयोग के देखिएको छ भने गर्भवती भएकामध्ये अधिकाशं स्वस्थ्यकर्मी प्रसूती, श्रम र सुत्केरी विभागमा काम गर्छन् ।

ती स्वास्थ्यकर्मीले जुलाईदेखि नोभेम्बरका बीच बच्चा जन्माउनेछन् । एकै विभागका यति धेरै स्वास्थ्यकर्मी गर्भवती भएपछि मानिसहरुले ठट्टा गर्दै अस्पतालको पानीमै केही मिसिएकाले नखान सल्लाह दिन थालेका छन् ।

यस अघि पनि एकै अस्पतालमा काम गर्ने धेरै स्वास्थ्यकर्मी एकै पटक गर्भवती भएका घटना बाहिरिएका थिए । सन् २०१९ मा मेइन मेडिकल सेन्टरमाको श्रम तथा प्रसव इकाईमा कार्यरत ९ नर्स एकैसाथ गर्भवती भएका थिए । त्यो समयमा गर्भवती नर्सहरूले एक अर्काको डेलिभरीमा अरुले सघाउने योजना बनाएका थिए ।

त्यसको एक वर्षअघि पनि सन् २०१८ मा इलिनोईसमा रहेको एण्डरसन हस्पिटलको प्रसुति विभागमा कार्यरत ८ जना महिला एकै समयमा गर्भवती भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत