एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरमा नक्कली वा स्प्याम खाताहरूको संख्या प्रमाणित गरुन्जेलका लागि भन्दै आफ्नो ५४ खर्बको सम्झौता रोकेको बताएका छन्।
उनले “स्प्याम/नक्कली खाताहरूले वास्तवमा ५% भन्दा कम प्रयोगकर्ताहरूलाई प्रतिनिधित्व गर्दछ भन्ने गणनालाई समर्थन गर्दै” सम्झौता रोकेको बताएका हुन्।
यद्यपि मस्कले उनी “अझै पनि अधिग्रहण गर्न प्रतिबद्ध” रहेको बताएका छन् ।
यता विश्लेषकहरूले भने उनले मूल्यमा पुन: वार्ता गर्न खोजिरहेको हुन सक्ने वा अधिग्रहणबाट पछि हट्न खोजेको अनुमान लगाइरहेका छन् ।
मस्कले सम्झौता होल्डमा गएको बताउन गरेको ट्वीटले ट्विटरको सेयर मूल्यमा नकारात्मक असर पारेको छ । त्यस ट्वीट पश्चात न्यूयोर्कमा बिहानको सेयर व्यापारमा ट्विटरको सेयर मूल्य १०% तल झरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ