शुक्रबार, बैशाख ७, २०८१

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ जना घाइते


कान्तिपथ


अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।
सोमबार साँझ यवन जिल्लाको शोलार-ए-पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए । स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन् ।
यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको संख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत