शुक्रबार, चैत्र २७, २०८२

ट्विटरका सीईओ अग्रवालले दिए मस्कको शंकालाई जवाफ


कान्तिपथ


इलोन मस्कले आफ्नो प्लेटफर्म किन्नको लागि ५४ खर्बको सम्झौता “होल्डमा” रहेको बताएपछि ट्विटरका प्रमुख पराग अग्रवालले नक्कली खाताहरूको बारेमा उनको आंकलन गलत भएको बताएका छन् ।

ट्विटहरूको एक श्रृंखलामा, पराग अग्रवालले आफ्नो फर्मको अनुमानको बचाउ गर्दै स्प्याम खाताहरू ५% भन्दा कम प्रयोगकर्ताहरू रहेको बताएका हुन् । मस्कले ‘पू’ इमोजीको साथ जवाफ दिंदै ट्विटरले आंकडालाई कम आंकलन गरिरहेको दाबी दोहोर्याएका हुन् । उनले यो पनि भने कि स्प्याम खाताहरू ट्विटरको दावीको चार गुणा हुन सक्छ।

विश्लेषकहरूले एलोन मस्कले सम्झौताको मूल्यमा पुन: वार्ता गर्ने वा बाहिर निस्कने तरिकाहरू खोजिरहेका हुन सक्ने अनुमान गरेका छन् ।

मस्कले गत हप्ता “स्प्याम/नक्कली खाताहरूले वास्तवमा ५% भन्दा कम प्रयोगकर्ताहरूलाई प्रतिनिधित्व गर्दछ भन्ने गणनालाई समर्थन गर्दै” सम्झौतालाई पेन्डिङ राखेको जानकारी दिएका थिए ।

उनले पछि गरेको “अझै पनि अधिग्रहण गर्न प्रतिबद्ध रहेको” भन्ने ट्विटको जवाफमा ट्विटर बोर्डका अध्यक्ष ब्रेट टेलरले “हामी पनि छौं” भनेका थिए ।

मस्क र अग्रवालको ट्विटहरुको शृंखलापछि ट्वीटरको सेयरको मूल्य $३८ भन्दा तल झरेको छ जुन अग्रवालको ट्विटपछि सोमबार थप स्लाइड भएको थियो । यो मूल्य मस्कले कम्पनीमा आफ्नो रुचि प्रकट गर्दै प्रस्ताव गरेको प्रति शेयर $५४.२० भन्दा निकै कम हो ।

यस कारण मस्कले मूल्यमा अझ बार्गेनिङ गर्नका लागि सम्झौता “होल्ड” मा राखेको विश्लेषकहरूले अनुमान लगाइरहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत