शुक्रबार, चैत्र २७, २०८२

अमेरिकामा फेरि अर्काे गोलीकाण्ड, तीन जनाको मृत्यु


कान्तिपथ


अमेरिकामा फेरि अर्काे गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो ।सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ । सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ ।

केही दिन अघिमात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ ज्नाको ज्यान गएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत