बुधबार, चैत्र २५, २०८२

प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न


कान्तिपथ



मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ ।

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा तीन हजार ७४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८०९ र तराईमा ३३ हजार ७४५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

प्रदेशमा कूल आठ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहे पनि तीन लाख ३४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएको छ ।

वर्षेधानबालीका निम्ति आवश्यक पर्ने रासायनिक मलमा युरिया र डिएपीको अभाव रहेको कृषकहरुको गुनासो छ भने युरिया पाउँदा डिएपी नपाउने र डिएपी पाउँदा युरिया नपाउने स्थितिलाई समाप्त पारी कृषकलाई युरिया र डिएपीसँगै दिनुपर्ने प्रदेश सभासदस्य चुमनारायण तवदारले जानकारी दिनुभयो ।

यसैगरी यस वर्ष धानवर्षका अवसरमा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराले किसानलाई राहत प्रदान गर्न सरकार किसानको मागमा गम्भीर हुनुपर्ने सदस्य तवदारको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत