शुक्रबार, कार्तिक २१, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • रानीबारी खोलामा हाम फालेकी महिला बेपत्ता, श्रीमान र उद्धारकर्ताको सकुशल उद्धार

रानीबारी खोलामा हाम फालेकी महिला बेपत्ता, श्रीमान र उद्धारकर्ताको सकुशल उद्धार


कान्तिपथ


श्रीमानसँगको विवादपछि काठमाडौंको म्हेपी रानीबारीस्थित खोलामा हाम फालेकी एक महिला बेपत्ता भएकी छिन्। शनिबार अपराह्न सवा ४ बजे भएको घटनामा उनका श्रीमानको भने सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन भट्टराईका अनुसार, लगातारको वर्षाले बढेको खोलामा रितु रोका र उनका श्रीमान श्याम बुढाथोकीले हाम फालेका थिए। उनीहरू हाम फालेको देखेपछि स्थानीय अमन टुन्चिङ मगरले खोलामा पसेर श्यामलाई बचाउने प्रयास गरेका थिए।

तर, खोलाको तीव्र बहावले श्याम र अमन दुवैलाई बगाउन थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो। उपचारका लागि पिपल्स अस्पताल लगिएका दुवै जना डिस्चार्ज भइसकेका छन्। बेपत्ता रितु रोकाको भने प्रहरीले खोजी कार्य जारी राखेको एसपी भट्टराईले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत