पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर करिडोर मा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।कोशी प्रदेश प्रहरी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनकाअनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खस्दा थप ६जना घाइते भएका छन् ।घाइते मध्य ५ जनालाई उपचारका लागि धरान झारिँदै छ । एक जनालाई फिदिम अस्पताल लगिएको डीआईजी कार्कीले बताए । मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानअनुसार सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको अनुमान गरिएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ