शुक्रबार, चैत्र २७, २०८२

एसपीपीका सम्बन्धमा कुनै जानकारी थिएनः केपी ओली


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एसपीपीका सम्बन्धमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नगराइएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘अब चाँही अति नै भयो। सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो। जस्तो एसपीपीको विषय के हो? एकजना सत्तापक्षका नेताले मेरै पालामा आएको थियो र पछि हामीले रद्द गरेको भन्नुभयो,’ उनले भने, ‘यस्तो भ्रम राज्यमा बसेका नेताहरुले गर्न पाउँदैनन्।

म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौं २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ।’

उनले संविधान जारी गर्दा को प्रधानमन्त्री थियो सबैलाई जानकारी नै रहेको भन्दै असोज ६ गते टिप्पणी फाइलमा कसले हस्ताक्षर गरेको थियो त्यो अध्ययन गर्नुपर्ने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत