मङ्लबार, बैशाख १, २०८३

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


कान्तिपथ


प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । यसअघि विधेयकमाथिको छफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विदेशीले सोझै सञ्चालन गर्न दिने सरकारको नियत नभएको र प्रचलित कानुनको आधारमा विदेशी वा निजी कम्पनीसँग सहयोग लिन सकिने बताउनुभयो ।

देशको सार्वभौमसत्ता धुमिल नहुने गरी काम गर्न र कानुनको परिपालनामा मन्त्रालय सजग रहेको उहाँको भनाइ छ । हाल जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेकाले पनि ऐन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऐन ल्याउन नसक्दा रेल सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।” विधेयक यही असार १७ गते राष्ट्रियसभाबाट पारित भएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू दिव्यमणिराज भण्डारी, भीमबहादुर रावल, सरिताकुमारी गिरी, प्रेम सुवालले भाग लिनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत