शुक्रबार, मंसिर २१, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • कांग्रेस-एमालेको पैसा खाएर माओवादी हराउनेलाई कारबाही हुन्छ : प्रचण्ड

कांग्रेस-एमालेको पैसा खाएर माओवादी हराउनेलाई कारबाही हुन्छ : प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा अन्तर्घात गर्ने र पार्टी अनुशासन नमान्नेलाई कारबाही गरिने बताएका छन्। उनले कहाँ-कहाँ कसले पार्टी अनुशासन मानेनन् र कसले कहाँ अन्तर्घात गरे भन्ने छानबिन गरिने पनि बताए।

कमलादीस्थित प्रज्ञा भवनमा आज जारी केन्द्रीय समिति बैठकमा यसअघि केन्द्रीय सदस्यरूले उठाएका प्रश्नका जवाफ दिँदै प्रचण्डले महोत्तरी, सिराहा, बर्दियालगायत केही जिल्लामा पार्टीभित्र बिबाद देखिएको बताए।

‘विशेषत अन्तरघातल हारियो, पार्टीले निर्णय गरेपछि जिताउन लाग्नपर्ने तर एकले अर्कालाई हराउन लागेजस्तो देखियो,’ उनले भने, ‘अहिले एकले अर्कोलाई कारबाही गर भन्नेछ। एकले अर्कालाई कांग्रेस र एमालेको पैसा खायो भन्नेछ, त्यसो भएपछि कसलाई कारबाही गर्ने बडो जटिल हुने रहेछ।’

उनले १५० देखि १७५ पालिका प्रमुख जित्न सकिने आँकलन गरिए पनि अन्तर्घातले गर्दा जित्न नसकिएको बताएका थिए। माओवादीले १२० पालिका प्रमुख जितेको छ। ‘हामीले अनुमान गरेजस्तो हिसाब मिलेन,’ उनले भने, ‘मधेशमा धेरै हिसाब बिग्रियो। त्यहाँ ४० सिट जितिएला भन्ने थियो तर ९ मात्रै जितियो।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत