चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौं आइपुगेका छन्। चाइना एयरको विमानबाट उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी ६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।
बुधबारसम्म नेपाल रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।
चिनियाँ नेता लिउले प्रधानमन्त्रीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ