जिल्ला प्रहरी कार्यालय चितवनले नवलपरासी स्थित गैडाकोट नगरपालिका ११ की २६ वर्षीया सम्भावी पौडेललाई सामाजिक सञ्जाल फेसबुक मार्फत रकम ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय एक पुरुषलाई फेसबुक मार्फत साथि बनाई २६ लाख ४५ हजार ७ सय रुपैयाँ ठगीको आरोप लागेको छ। उनि ४ वर्ष सम्म ति व्यक्तिलाई विभिन्न बहानामा पैसा मागी फरार भएकी थिइन्। उनि माथि ठगिको उजुरी परे पछि उनलाई चितवन प्रहरीले १८ गते पक्राउ गरेको हो। अहिले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पौडेलले यसरी ठगेकी थिइन्
सम्भावी पौडेलले ती ५३ वर्षीय पुरुषलाई चार वर्षअघि फेसबुकमा रिक्वेस्ट पठाइन् र दुवै जना साथी भएका थिए। त्यस लगतै उनिहरु बीच सम्बन्ध बाक्लिँदै गयो। बोलचालका क्रममा दुइजना रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले रप्रेमी प्रेमिका सरह सम्बन्ध हुन थाल्यो। सम्बन्ध बक्लिन थाले पछि सन् २०१९ देखि विभिन्न बहानामा पैसा माग्न थालिन्। शुरु शुरुमा ४० हजारसम्म माग्न थालेकी पौडेलले बिस्तारै १ लाख सम्म माग्न थालिन । उनले दिइरहेँ। सन् २०२१ सम्म उनले पटक-पटक गरेर रु २६ लाख ४५ हजार सम्म दिसकेका थिए । त्यस लगतै ति युवती सम्पर्कविहीन भईन । उनले जताततै खोजे पत्ता लगाउन सकेनन्। ति पुरुष आफु ठगिएको महसुस गरी उनी जिल्ला प्रहरी कार्यालय चितवनमा उजरी दिईन । प्रहरीले उनलाई पक्राउ गर्न सकेन। अझ ती पुरुष झन तनावमा पुगे। अहिले उजुरी दिएको झण्डै एक वर्षपछि ती किशोरी पौडेल पक्राउ परिन्। अहिले प्रहरीले अनुसन्धान गरिहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ