आजदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंक औपचारिक रूपमै मर्जर हुने भएका छन् । यस मर्जरको घोषणा आज बेलुका ४ : ३० बजे हुदैछ । योसँगै मर्जरपछिको एकीकृत कारोबार नबिल बैंक लिमिटेड चुक्ता पुँजी २८ अर्ब ५७ करोड सहित हालसम्मकै ठूलो बैक बन्नेछ ।
हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ ।
यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैकको रुपमा स्थापित थियो । तर, पछिल्लो समय नबिल-एनबी मर्जर भएर ‘नबिल बैंक लिमिटेड’ बन्ने भएसँगै सो स्थान खोसिने भएको हो । यद्यपि, बैंक अफ काठमाण्डु (बीओके) सँग मर्जरको हात बढाइसकेको ग्लोबलले पुनः आफ्नो स्थान फिर्ता लिने अवस्था छ ।नबिल-एनबी १००:४२ स्वाप रेसियोमा मर्जरमा जाने भएका हुन् । अर्थात् नबिलको १०० कित्ता बराबर एनबीको ४२ कित्ता हुने गरी मर्जर सहमति भएको हो । असार १५ गते दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ