दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेका धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत काठमाडौं तानिएका छन्।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले विवादित फैसलाका सन्दर्भमा छानबिन गर्न न्यायाधीश भट्टराईलाई सर्वोच्च तान्ने निर्णय गरेको छ।
न्याय परिषद् स्रोतका अनुसार अहिले न्यायाधीश भट्टराईमाथि ‘गम्भीर’ छानबिन भइरहेको छ। ६ कात्तिक २०७६ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो। साहको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पंकज भनिने दामोदर चौधरीलाई पक्राउ गरेको थियो।
साहको हत्यापछि भागेका चौधरीलाई प्रहरीले छिमेकको घरमा लुकेको अवस्थामा हतियारसहित पक्राउ गरेको थियो। चौधरीको साथबाट प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ