बिहिबार, बैशाख ३१, २०८३

भरुवा बन्दुकसहित थापा पक्राउ


कान्तिपथ



भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका छन् । उनले साथमा भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत