सोमवार, चैत्र ३०, २०८२

तयारी अवस्थामा राखियो उद्वार जनशक्ति


कान्तिपथ



वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वारकार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएकोे छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलोपङ्क्तिको दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद्को अवस्था सिर्जना भएमा पहिलो पङ्क्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । तालिमप्राप्त सुरक्षाकर्मीले पहिलो पङ्क्तिमा र अन्य सुरक्षाकर्मीले दोस्रो पङ्क्तिमा काम गर्ने बताइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी कुन निकायलाई कस्तो ठाउँमा परिचालन गर्ने भन्ने प्रमुख जिल्ला अधिकारीमार्फत पूर्वतयारी भइसकेकोे जनाएको छ । भौगोलिक विकटता एवं वर्षायाममा अधिकांश ग्रामीण सडक बिग्रिएको अवस्थामा समेत उद्वार एवं सुरक्षाका लागि यहाँ कार्यरत सुरक्षाकर्मी छिटोभन्दा छिटो तोकिएको गन्तव्य पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षायामभर जोखिम क्षेत्रको आसपासमा बसोवास नगर्न, नदी वा खोला किनारमा नजान, विपद्को जोखिम बढ्ने सम्भावना भएमा जिल्ला विपद् व्यवस्थापन समितिलाई सूचना दिई सहयोग गर्न प्रशासनले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत