श्रीलंकामा भइरहेको देशको खस्किदो आर्थिक अवस्था बाट रुस्ट जनताहरु बाट भैरहेको जनप्रदर्शन पश्चात अज्ञात स्थानमा लुकिरहेका श्रीलंकन रास्ट्रपति गए राति कोलम्बो स्थित विमानस्थल बाट दुबईको उडानमा भाग्न खोजिरहेका थिए । तर विमास्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरुले रास्ट्रपति गोटावाया राजापक्षलाइ देश छाडेर भाग्न दिएनन् । उनका साथ साथै भूतपुर्व मन्त्रि र उनका भाइ तथा उनका श्रीमतीलाइ अध्यागमनका कर्मचारीले रोकेको छ ।
प्राप्त जानकारी अनुसार रास्ट्रपतिले हाल सम्म राजिनामा दिनसकेको र वर्तमानमा पनि उनि श्रीलंकाको रास्ट्रपति भएता पनि विमानस्थलका कर्मचारीले उनको उक्त उडान रोकेको हो । वर्तमानमा पनि उनि श्रीलंकाको रास्ट्रपति भएको अवस्थामा, राष्ट्र प्रमुख भएकोले उनि संग संबैधानिक विशेषाधिकार रहेको हुन्छ, तर विमानस्थलका कर्मचारीले उनलाई विमानस्थलमा रहेको बिषेश कक्षमा प्रवेश गर्न नदिएको र उनको पासपोर्टमा एग्जिट स्ट्याम्प लगाउन मानेनन् जसले सुरक्षाजी लागि उनि आफ्नो श्रीमती सहित केहि अन्य सहयोगीका साथ विमानस्थल नजिक रहेको सैनिक ब्यारेकमा शरण लिनु परेको र रात बिताउनु परेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ