शुक्रबार, अशोज २१, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • न्यायाधिशलाई घुस अफर गर्ने फरार वकिल खोज्न पत्रिकामा सुचना निकालिने

न्यायाधिशलाई घुस अफर गर्ने फरार वकिल खोज्न पत्रिकामा सुचना निकालिने


कान्तिपथ


जिल्ला अदालत काठमाडौका न्यायाधीश राजकुमार कोइरालालाई घुसको अफर गर्ने नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्र पोखरेल सम्पर्कमा नआएपछि कानुन व्यवसायी परिषद्ले सार्वजनिक सूचना निकाल्ने तयारी गरेको छ।

पूर्वसांसद एवं व्यवसायी इच्छाराज तमाङलाई धरौटीमा छोड्ने विषयमा न्यायाधीश पोखरेल र अधिवक्ता पोखरेलबीच घुसको ‘डिल’ भएको थियो। तामाङविरुद्ध ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा चलाइएको छ।

असार ९ गते बसेको परिषद् बैठकले घुस प्रकरणमा मुसिएका पोखरेलसँग एक साताभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। निर्णय भएको दिनदेखि पोखरेल सम्पर्कविहीन छन्।

परिषद्ले पटकपटक उनको नाममा म्याद तामेलीको प्रयास गरेको थियो। न्यायाधीशलाई १ करोड घुसको अफर गरेका पोखरेललाई कानुन व्यवसायी परिषद् ऐनअनुसार किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधिएको थियो। उनलाई स्पष्टीकरणको म्याद बुझाउन परिषद्ले खटाएका व्यक्ति उनकै ल फर्म अनामनगरदेखि घर इमाडोलसम्म पुगेका थिए। तर, उनी कतै सम्पर्कमा नआएको बताइएको छ।

उनले आफूले प्रयोग गरिरहेको मोबाइल फोन पनि स्वीच अफ गरेपछि परिषद्ले हुलाकबाट उनको कानुन व्यवसायीको प्रमाणपत्रमा उल्लेख भएको ठेगानामा पत्र पठाएको छ। जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस भइरहँदा उनीहरूले घुसको डिल गरेका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत