८ जुलाई २०२२ को दिन जापान स्थित नारा शहरमा भइरहेको चुनावी प्रचार प्रसारको क्रममा सार्वजनिक स्थलमा भएको जापानी भूतपूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याको पछाडीको रहस्य खुलेको छ । हत्यामा संलग्न ४१ बर्षीय जापानी नौसेनाका भुतपूर्व सैनिक तेत्सुया यमागामीले भुतपुर्व प्रधानमन्त्रिको हत्या गर्नु परेको पछाडीको कारण सहितको बयान जापानी प्रहरी समक्ष दिएका छन् ।
उनको बयान अनुसार हत्याको कारण कुनै राजनैतिक नभई व्यक्तिगत कारण रहेको भनेका छन् । उनका अनुसार भुतपुर्व प्रधानमन्त्रि सिन्जो आबे जापानमा हाल बढिरहेको एक धार्मिक पन्थ ‘युनीफिकेसन चर्च’ को सदस्य रहेको र तेत्सुया यमागामीका आमा पनि लामो समय देखि सोहि ‘युनीफिकेसन चर्च’ को सदस्य रहेको उनले बयानमा भनेका छन् । दक्षिण कोरियाली नागरिक सुन म्युंग मूनले सन् १९५४ मा स्थापना गरेको यस धार्मिक पन्थको प्रभाव जापानमा पनि बढेको र उनको आमाले यस ‘युनीफिकेसन चर्च’ प्रतिको आस्थाका कारण चर्चको गतिबिधिमा आफ्नो सम्पूर्ण समय दिने गरेको र पछि गएर उनले आफ्नो सम्पूर्ण सम्पति चर्चको नाममा गरेकी थिईन । तत् पश्चात परिवारको आर्थिक स्तर खस्केको, परिवारमा फुट परेको उनले बयानमा भनेका छन् । उनले आफ्नो बयान भनेका छन् उक्त दानका कारण परिवारका सदस्यहरु बीचको सम्बन्धमा नकारात्मक असर परेको, आर्थिक अवस्था खराब हुदै गएकोले उनले यो जघन्य अपराध गर्नु परेको स्वीकारेका छन् ।
उता ‘युनीफिकेसन चर्च’ ले आफ्नो चर्चको नाम उक्त घटनासंग जोडिएकाले वक्तब्य जारि गर्दै तेत्सुया यमागामीको आमा चर्चको सदस्य रहेको स्वीकारेको छ तर उनले कति सम्पति चर्चको नाममा दान गरेको थियो सो खुलाएको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ