शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • भाजपा अध्यक्ष जेपी नड्डाको विशेष निमन्त्रणामा भोलि दिल्ली जाँदै प्रचण्ड

भाजपा अध्यक्ष जेपी नड्डाको विशेष निमन्त्रणामा भोलि दिल्ली जाँदै प्रचण्ड


कान्तिपथ


सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत जाने भएका छन्। खुमलटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्।

स्रोतका अनुसार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन्। त्यहाँ हुने भेटघाट र केही कार्यक्रमका लागि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गरिरहेका छन्।

प्रचण्ड भोलि शुक्रबार दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रचण्ड दुई दिन भारतमा रहनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाजपा मुख्यालय भ्रमण गर्ने बताइएको छ।

भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत