युक्रेनका रास्ट्रपति भाल्दिमिर जेलेंस्कीले रुसी रास्ट्रपति पुटिन माथि नयाँ आरोप लगाएका छन् । युक्रेन र रुस बीच युद्ध भए देखि युक्रेनका रास्ट्रपति जेलेंसकीले रुसी रास्ट्रपति माथि विभिन्न आरोप लगाउदै आएका छन् । उनको नयाँ आरोपमा उनले श्रीलंकामा भइरहेको आर्थिक संकट बाट उत्पन्न विषम परिस्थितिको लागि रुसी रास्ट्रपति पुटिनको युक्रेन प्रतिको नीतिलाई मुख्य जिम्मेवार रहेको बताएका छन् ।
उक्त आरोपमा उनले भनेका छन्, रुसी रास्ट्रपति पुटिनले युक्रेन हत्याउने क्रममा अनेक किसिममा नीति तथा हथकण्डा अपनाएको र ति नीतिहरु मध्य वैश्विक स्तरमा आर्थिक अस्थिरताको स्थिति उत्पन्न गराउने नीति प्रमुख जिम्मेवार रहेको उनले बताएका छन् ।
रुसी आक्रमणका कारण हाल विश्वभरि तेलको आयात निर्यातमा बाधा पुगेको जसले गर्दा विकासोन्मुख राष्ट्रहरुमा तेल तथा खाद्यान्नको संकट उत्पन्न भई ति राष्ट्रहरुको राजनैतिक, सामाजिक संरचनामा नकारात्मक असर परेको उनले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ