अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले डिलिट भएको भनिएको सीसीटीभी फुटेजको ड्राइभ (हार्डडिस्क) हात पारेको छ।
बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको समयको फुटेज कैद भएको सीसीटीभीकोहार्ड डिस्क प्राप्त भएको समितिका एक सदस्यले बताएका छन्।
अर्थमन्त्री शर्माले मन्त्रालयमा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दायरा हेरफेर गरेको समय (जेठ १४ गते राति) को सीसीटीभी फुटेज डिलिट गरेको भन्दै त्यसबारे छानबिन गर्न २२ असारमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष संसदीय समिति गठन गरेका थिए।
छानबिन समिति गठन गरेकै दिन अर्थमन्त्री शर्माले संसदमा सम्बोधन गरेर पदबाट राजीनामा दिएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ