प्रहरीले सडक बालबालिकालाई लोभ देखाई मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
आरोपितहरुले काठमाडौंका सडक बालबालिकाहरुलाई लोभ देखाई फकाएर भारतमा लगि मिर्गौला बेचबेखिन गर्ने गरेको प्रहरीको आरोप छ । पक्राउ पर्नेहरुमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।
विभिन्न प्रलोभन देखाई मान्छेको शशिरमा दुईवटा मिर्गौला हुने, एउटाले मात्र पनि काम गर्ने र एउटा बेच्दा केही पनि नहुने भन्दै मिर्गौला निकालेका अन्य व्यक्तिको उदाहरण देखाएर राम्रो मोबाइल पाइने तथा ५ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर उनीहरूले मिर्गौला निकाल्नका लागि सडक बालबालिकालाई भारत लैजान लागेको बेला नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ