त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ७ महिनामा ४८० केजी सुन बरामद गरी राजस्वको दायरामा ल्याएको छ । विदेशबाट फर्किनेहरुले विभिन्न गरगहनाका नाममा सुनलाई सामान्य तोडमोड गरेर ल्याएको अवस्थामा सो परिमाणको सुन बरामद गरी राजस्व असुलपछि सम्बन्धित व्यक्तिलाई प्रदान गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
कानुनत: विदेशबाट आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन सक्छन् । २५० ग्रामसम्म सुनको गरगहना ल्याउन पाइने व्यवस्था छ ।
भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईका अनुसार ३ अर्ब ८० करोड रुपैयाँको सुन बरामद गरी राजस्व तिराइएको हो । यसबाट ४५ करोड ५८ लाख रुपैयाा राजश्व संकलन भएको उनले जानकारी दिए ।
राजस्वको दायरमा आएसँगै सो परिमाणको सुन औपचारिक रुपमा किनबेच गर्न सकिने र अनौपचारिक अर्थतन्त्रमा निरुत्साहित पुग्ने भन्सार कार्यालयले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ