काठमाडौंको सडकपेटीमा बस्ने सडक बालबालिकाहरुलाई फकाएर भारतको कोलकाता पुर्याई मिर्गौला बिक्री गर्ने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले असार १५ गते भारतको कोलकता लैजानका लागि तयारी गरिरहेको अवस्थामा सुरुमा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाहीलाई अदालतबाट म्याद थप गरी सोधपुछ गरेपश्चात फरार रहेका विधान र हिमाल श्रेष्ठ भनेर चिनिने धनबहादुर रोका र आशिष तामाङलाई पक्राउ गरेको थियो ।
ब्युरोका अनुसार पक्राउ परेकाहरुमध्ये विमल र धनबहादुरले आफ्नो एउटा मिर्गौला भारतमा बेचिसकेको खुलेको छ । उनीहरुले आफ्नो मिर्गौला बेचेपछि अन्यलाई प्रलोभनमा पारेर मिर्गौला बेच्नका लागि तयार पार्ने गरेका थिए ।
प्रहरीका अनुसार उनीहरुले दुई बालकलाई असार १५ गते कोलकता लैजानका लागि आवश्यक मेडिकल परीक्षण गराएर तयारी अवस्थामा राखेका थिए । प्रहरीले दुवै बालकलाई पनि उद्धार गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ