चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिकाका वाशुदेव अर्याल रहेका प्रहरीले जनाएको छ । उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ