शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • परिक्षामा चिट तलासी गर्दा छात्राको भित्री वस्त्र र प्याड खोल्न लाउने हेटौडा क्याम्पसमा ढुंगाको वर्षा !

परिक्षामा चिट तलासी गर्दा छात्राको भित्री वस्त्र र प्याड खोल्न लाउने हेटौडा क्याम्पसमा ढुंगाको वर्षा !


कान्तिपथ


हेटौँडामा हिजो अत्यन्तै क्रुर ढंगले शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेका छन् । बागमती प्रदेशको राजधानी हेटौँडास्थित पुरानो शैक्षिक संस्था हेटौँडा क्याम्पसमा स्नातक तह दोस्रो बर्षको परिक्षा दिन पुगेकी दुई छात्रालाई भित्री वस्त्र मात्र होइन, महिनावारी हुँदा लगाइएको प्याडसमेत खोल्न लगाइएको पाइएको छ ।

त्यही घटनाले आज हेटौँडा क्याम्पसमा आज अकस्मात हुलदंगा भएको छ । हिजोको घटनाबारे सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएपछि घटनासँग सम्बन्धित दुई छात्राका अभिभावक, क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देल,क्याम्पस प्रमुख देवचन्द्र मानन्धर र सबै विद्यार्थी संगठनका नेताहरु बसेर घटनाको बिश्लेषण भइरहेको थियो ।

अकस्मात २ सय जनाको हाराहारीमा मकवानपुर बहुमुखी क्याम्पसबाट आएका विद्यार्थीले हेटौँडा क्याम्पसमा नाराबाजी सुरु गरे । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परिक्षामा मकवानपुर बहुमुखी क्याम्पसको परिक्षा केन्द्र हेटौँडा क्याम्पसमा पर्ने गर्दछ । दुर्व्यवहारमा परेका दुई छात्राहरु पनि मकवानपुर बहुमुखी क्याम्पसकै हुन् ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् । यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ ।

हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले घटनाबारे आफूहरूको ध्यानाकर्षण भएको बताए । यसबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । आफुहरूले सर्वपक्षीय छलफल गरी दोषीको पहिचान गर्ने पनि उनले उल्लेख गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत