काठमाडौंको चावहिलस्थित एक गोदाममा नेपाल प्रहरीको टोलीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले आज उक्त गोदाममा छापा मार्दा पटका (बिस्फोटक पदार्थ) सहित भन्सार छलीका बिभिन्न सामग्रीहरु फेलापरेको छ ।
अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरीको विशेष टोलीले गोदामबाट पटकासहित विभिन्न बिदेशी ब्रान्डका चुरोट, गुट्खा, हुक्का फ्लेबर्स र अक्सिमिटर बरामद गरेको हो ।
बरामद गरिएका बस्तु करिब १ करोड मुल्य बराबरका रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानाएका छन् । एसपी कोइरालाले भन्सार छलेर ल्याइएको सामान र गोदामका मालिक पर्साको सुखवा प्रसौनी गाउँपालिका १ घर भएर काठमाण्डौं कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको जनाएका छन् । ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ