शुक्रबार, जेष्ठ १, २०८३

खातामा ‘सुको’ नहुनेले चेक दिएर २४ लाख ठगे !


कान्तिपथ


प्रहरीले बैंकिङ कसुर मुद्दामा काठमाडौंको बालाजुबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका चन्द्र बहादुर सुनार रहेका छन्। सुनारले प्राइम कमर्सियल बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा फैसला गर्दै सुनारलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा एक दिन कैद र २४ लाख रूपैँया जरिवाना हुने ठहर गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले उनलाई बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत